काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.२४ अंक बढेको छ ।
आइतबार १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १०.२४ अंक बढेर २८९५.७७ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.९१ अंक बढेको छ ।
सोमबार प्रि ओपन सेसनमा २७ कम्पनीको ७७ करोड ८९ लाख ९६६ रुपैयाँ ५० पैसा बराबरको १६ हजार १९५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ ।