आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

बौद्धको रेस्टुरेन्ट आरामदायी बास कि जुवाघर ? जहाँ अनलाइन जुवा खेल्ने र खेलाउने ८ महिलासहित ७४ जना प्रहरी फन्दामा


  • 2.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3231
    माघ १७, २०७८ सोमबार
    बौद्धको रेस्टुरेन्ट आरामदायी बास कि जुवाघर ? जहाँ अनलाइन जुवा खेल्ने र खेलाउने ८ महिलासहित ७४ जना प्रहरी फन्दामा

    काठमाडौं । काठमाडौंबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन् । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट उनीहरू एकैपटक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् ।

    दोलखा घर भई हाल बानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार अनलाइन एपको प्रयोग गरेर उनीहरूले जुवा खेल्ने र खेलाउने गर्दै आएका थिए ।

    सूचनाका आधारमा प्रहरी टोलीले रेस्टुरेन्टमा छापा मारेको एसएसपी गिरीले जानकारी दिए ।

    काठमाडौंमा एकैदिन अनलाइन जुवा खेलाउने ७४ जना पक्राउ परेको यो पहिलोपटक हो । उनीहरूको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij