बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उच्च


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3314
    माघ २०, २०७८ बिहीबार
    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उच्च

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ ।

    आज नेप्से १४.५८ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ७५ विन्दुमा रोकिएको हो । त्यस्तै, आज नेप्से घटेपनि कारोबार रकम भने उच्च वृद्धि भएको छ ।

    आज ८ अर्ब ६१ करोड २१ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

    यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, आरएउमडीसी लघुवित्त वित्तीय संस्थाको र पोखरा फाइनान्सको  शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८२ करोड ७० लाख भन्दा बढीको कारोबार भएको छ ।      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij