आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

विमानस्थल अवैध सामाग्री भित्र्याउने द्वार : एक किलो १५५ ग्राम सुन ल्याउनेलाई प्रहरीले के गर्यो ?


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3315
    माघ २०, २०७८ बिहीबार
    विमानस्थल अवैध सामाग्री भित्र्याउने द्वार : एक किलो १५५ ग्राम सुन ल्याउनेलाई प्रहरीले के गर्यो ?

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

    बिहीबार हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानमार्फत दुबईबाट आएका रौतहटको गौर नगरपालिका-१० का ३२ वर्षीय सुनील कुमार साह, मकवानपुरको मनहरी-७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ का ३९ वर्षीय दावा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

    त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक किलो १५५ ग्राम सुन र पाँचवटा मोबाइल बरामद गरेको छ ।

    प्रहरीले साहको साथबाट चारवटा आईफोन १३ प्रो म्याक्स मोबाइल, एक थान सुनको बेरुवा औँठी र १५० ग्रामको सुनको सिक्री  बरामद गरेको छ । यस्तै परियारको साथबाट एउटा आईफोन र सुनको दुईवटा बेरुवा औंठी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार एयर अरेबियामार्फत सारजहाबाट आएका शेर्पाको साथबाट बेलनाकार बनाइएको अर्धठोस एक किलो ५५ ग्राम सुन मलद्वारभित्र लुकाएर ल्याएको अवस्थामा फेला पारिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij