आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

धरानदेखि ललितपुरसम्म अपराधीको कनेक्सन : कारोबार रकम एकलौटी बनाउने दाउमा ९ दिनमा ३ साझेदारको हत्या


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3352
    माघ २२, २०७८ शनिबार
    धरानदेखि ललितपुरसम्म अपराधीको कनेक्सन : कारोबार रकम एकलौटी बनाउने दाउमा ९ दिनमा ३ साझेदारको हत्या

    विराटनगर । जग्गाको कारोबार गर्दा आएको रकम एकलौटी बनाउने मनसायले व्यावसायिक साझेदारको योजनामा तीनजनाको हत्या भएको खुलेको छ । 

     

    नौ दिनभित्र अलगअलग मिति र समयमा तीन जनाको हत्या गरी खाल्डो खनेर शव पुरिएको हो । खाल्डोभित्र व्यवस्थापन गरिएकामध्ये मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको शव भेटिएको थियो ।

    मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरीको शव अलगअलग खाल्डोमा फेला परेको प्रहरीको भनाइ छ । 

    प्रहरीका अनुसार स्थानीय दिलीप सिंहको उखुबारीमा खनिएको खाल्डोभित्र चौधरीको माघ १२ र श्रेष्ठको शव माघ १३ गते भेटिएको हो । भर्खरै खनिएको खाल्डो देखेपछि माघ १२ गते साँझ उखु काट्ने कामदारले प्रहरीलाई खबर गरेका थिए । 

    प्रहरीले एउटा खाल्डोबाट चौधरीको शव र करिब ३० मिटरको दूरीमा रहेको अर्को खाल्डोबाट श्रेष्ठको शव फेला परेको हो ।

    तत्काल पहिचान नखुलेका दुवै शवलाई उत्खनन गर्दै पोस्टमार्टमका लागि प्रहरीले विराटनगरको कोसी अस्पताल ल्यायो । त्यही क्रममा श्रेष्ठको माघ १४ गते र चौधरीको १५ गते परिवारका सदस्यले सनाखत गरेका हुन् । 

    श्रेष्ठको साथबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि फेला पर्‍यो । लाइसेन्स र लगाएको कपडाका आधारमा परिवारका सदस्यले श्रेष्ठको सनाखत गरिदिएपछि प्रहरीलाई घटनाको अनुसन्धान अघि बढाउन सहज भएको थियो । 

    कपडा, जुत्ता, नाडीमा बाँधेको राखी र रुमालबाट परिवारका सदस्यले चौधरीको सनाखत गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij