आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

युरोप जाने सपनामा ऋण काडेको लाखौ रुपैयाँ झ्वाँम पारेर दलाल फरार


  • 2.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3356
    माघ २२, २०७८ शनिबार
    युरोप जाने सपनामा ऋण काडेको लाखौ रुपैयाँ झ्वाँम पारेर दलाल फरार

    इलाम । इलाम सूर्योदय–८ कजेनीका रामकुमार प्रधानले छोरालाई युरोप पठाउने ऋण लिएर ३ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाए ।

    पैसा लिएपछि दलाल सम्पर्कविहीन भए । तीन वर्षअघि लिएको सोही ऋणको ब्याज तिर्न नसकेर प्रधान समस्यामा परेका छन् ।

    प्रधानले चिनजानका भरमा बिना कागजात तीन वर्षअघि झापा सुरुंगा–५ का प्रदीप पौडेललाई पैसा बुझाएका थिए । विदेश पठाउन भन्दै पौडेलले युवाहरूबाट १ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म उठाएर फरार भएको  उनको दाबी छ ।

    छोरालाई युरोपमा राम्रो काम लगाउने आश्वासन पाएपछि प्रधानले धेरै हातहातै र केही मनी ट्रान्सफरबाट पठाए । मेचीनगर–६ का प्रदीप भण्डारीले पनि आफूबाट पौडेलले ३ लाख ५० हजार रुपैयाँ लगेको बताए ।

    हंगेरीको छाला कम्पनीमा राम्रो काम लगाउने भन्दै १ लाख ५० हजार लिएको इलाम माइजोगमाई– ३ नाम्सालिङका नवीनकुमार श्रेष्ठले गुनासो गरे ।

     ‘युरोपमा नपढेका मान्छेलाई पनि काम मिल्ने भन्दै रकम लगेका हुन्,’ श्रेष्ठले भने, ‘३६ प्रतिशत ब्याजमा ऋण लिएर रकम बुझाएँ । त्यही रकम तिर्न गाउँमा मजदुरी गरिरहेको छु ।’

    सूर्योदय–१० रमितेका रामहरि प्रधानले पनि छोरालाई युरोपको राम्रो कम्पनीमा काम लगाउने आश्वासन पाएपछि १ लाख ५० हजार बुझाएको बताए ।

    ‘मासिक १ लाख ५० हजार तलब दिने कम्पनीमा पठाउँछु भनेपछि विश्वास गरेर पैसा बुझायौं,’ उनले भने । रकम लिएपछि पौडेलले तीन महिनामा काम नभए रकम झिक्नु भन्दै नलेखिएको चेक थमाएका थिए ।

    ‘मेरो मेनपावर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको बताउने गरेको थियो,’ रामहरि भन्छन्, ‘ठगले युवाहरूको राहदानीसमेत आफ्नै कब्जामा राखेको छ ।’

    प्रमाणसहित प्रहरीमा उजुरी दिएर अनुसन्धानमा सहयोग गर्न इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले अनुरोध गरे । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij