आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

मोरङदेखि गोदावरीसम्मको अपाधिक कनेक्सन : ९ दिनमा ३ साझेदारको हत्या, मुख्य योजनाकारसहित ५ जना पक्राउ


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3366
    माघ २३, २०७८ आइतबार
    मोरङदेखि गोदावरीसम्मको अपाधिक कनेक्सन : ९ दिनमा ३ साझेदारको हत्या, मुख्य योजनाकारसहित ५ जना पक्राउ

    विराटनगर । मोरङको धनपालथान–७ कमलपुरस्थित उखुबारीमा दुई तथा ललितपुरमा एक गरी तीन जनाको हत्या प्रकरणको रहस्य प्रहरीले खोलेको छ ।

    व्यावसायिक पार्टनरको हत्याका पाँच आरोपीलाई प्रहरीले पक्राउ गरेको छ भने तीन जनालाई शुक्रबार सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा सिरहा नगरपालिका–२१ घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम, सुनसरीको देवानगन्ज–६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली–३ का ३० वर्षीय महमद सुभाम रहेका छन् ।

    विभिन्न व्यवसायमा साझेदारी गरेका पार्टनरलाई हत्या गरी एकल बनाउने उद्देश्यले मण्डलले योजनाबद्ध रूपमा हत्या गरेको प्रहरीले जनाएको छ । तीनमध्ये मण्डल मुख्य आरोपित हुन् ।

    पक्राउ परेका अन्य भने सहयोगी भएको प्रहरीको भनाइ छ । यो समाचार नेपाल समाचार दैनिकमा छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij