आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

देवरले भाउजूलाई ज्यूँदै आगो लगाएर मारे


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3386
    माघ २३, २०७८ आइतबार
    देवरले भाउजूलाई ज्यूँदै आगो लगाएर मारे

    सप्तरी । सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भिर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

    सप्तरीको बोदेबर्साइन नगरपालिका(१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । 

    २१ माघको बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

    राजकुमारीको शरीरको बिभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राजकुमारीका ३० वर्षीया पति रबिन कुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij