आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अपहरणको नाटक गर्ने र नक्कली हतियार देखाउने सहित ८ जना पक्राउ


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3390
    माघ २३, २०७८ आइतबार
    अपहरणको नाटक गर्ने र नक्कली हतियार देखाउने सहित ८ जना पक्राउ

    दाङ । दाङमा प्रहरीले विभिन्न घरेलु हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, तुलसीपुर ३ का १६ वर्षीय मनोज बिक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अलिज मिया, तुलसीपुर (६ का २१ वर्षीय केतु ओली र तुलसीपुर(९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    आइतबार बिहान ५ बजेतिर तुलसीपुर(३ भ्युडरस्थित खालीगोठबाट ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

    उनका अनुसार मादक पदार्थ सेवन गरी पेस्तोल आकारको आगो बाल्ने लाइटर एक थान, खुँडा एक थान,  हँसिया  ३ थान र बन्चरो १ थान साथमा राखी स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    त्यस्तै प्रहरीले तुलसीपुरबाट अपहरणको अफवाह फैलाउने एकजना पक्राउ गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij