आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3425
    माघ २४, २०७८ सोमबार
    उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही

    काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ ।  

    आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

    कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना चालक रहेका छन् ।

    यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र मदिरा पिएर सवारी साधन चलाउने ४५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij