आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

एमाले सांसद मोहन बानियाँमाथि शिक्षिकालाई बलात्कार गरेको आरोप


  • 4.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3449
    माघ २५, २०७८ मंगलबार
    एमाले सांसद मोहन बानियाँमाथि शिक्षिकालाई बलात्कार गरेको आरोप

    काठमाडौं । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । 

    ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । 

    जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । 

    बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी  परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ । 

    त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij