सुर्खेत । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।
सुर्खेत जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले नौ वर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिबाना तोकिएका वीरेन्द्रनगर-१६ का २० वर्षीय रुद्र बहादुर खड्का पक्राउ परेका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर-७ घण्टाघरबाट पक्राउ गरेको प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिए ।
आवश्यक कारबाहीका लागि खड्कालाई अदालत पठाइएको प्रहरीको भनाइ छ ।