प्रहरीले एक प्रयाङ्कस्टारलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर व्युरोको टोलीले मंगलबार झापा विर्तामोड नगरपालिका घर भएका २७ वर्षीय आकाश सेढाईलाई नियन्त्रणमा लिएको हो ।
उनले सार्वजनिक स्थानमा मजाक, मस्करीको नाममा सर्वसाधारणालाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्ने जस्ता क्रियाकलाप गरि भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेकाले नियन्त्रणमा लिएको व्यूरोका एसएसपी नविन्द्र अर्यालले बताए ।
केही दिन अघिमात्र गृह मन्त्रालयले यस्ता प्रयाङ्क भिडियो नबनाउन र बनाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो ।