आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

प्रजातन्त्र कसैले दिएको अनुदान होइन : पूर्वराजा ज्ञानेन्द्र


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3771
    फागुन ७, २०७८ शनिबार
    प्रजातन्त्र कसैले दिएको अनुदान होइन : पूर्वराजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान नभएको बताएका छन् ।

    ‘प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान होइन,’ उनले भनेका छन्, ‘त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो ।

    अरूले ओढाइ दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन ।’

    उनका अनुसार आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक् भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन ।

    ‘प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतःस्फूर्त एवं लोकसम्मत हुन्छ र हु्नुपर्दछ,’ उनको वक्तव्यमा छ, ‘अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्‍याइरहेको छ, विचारणीय प्रश्न छ ।’

    राष्ट्रियताबिनाको प्रजातन्त्र आकाशमा महल बनाएको जस्तो हुने बताउँदै उनको वक्तव्यमा लेखिएको छ, ‘न त्यो कसैको सुरक्षा कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ । राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा सधैं एक रहिआएका छन्, रहिरहनेछन् ।’

    उनले अगाडि लेखेका छन्, ‘प्रजातन्त्रकानाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ ।

    यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छभन्नेबारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्दछ । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij