आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ पक्राउ


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3989
    फागुन २०, २०७८ शुक्रबार
    ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका-५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी नगरपालिका-३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका-२ का २८ वर्षीय हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ का २७ वर्षीय सुबाष रतोकी र कञ्चनपुर शक्लाफाँटा नगरपालिका-२ का ३४ वर्षीय मिलन बोहरा रहेका छन् ।

    पाँचथर याङ्गक गाउँपालिका-८ च्याङ्थापुका ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, नौमुले गाउँपालिका-५ सल्लेरीका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठान गौमुखी गाउँपालिका-६ का २१ वर्षीय कमल सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

    उक्त फार्मेसीका संचालकलाई फागुन १२ गते ‘हामी प्रहरी हौं’ भन्दै उनीहरूले लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरूले फार्मेसीबाट काउन्टरमा भएको नगद, एक थान मोबाइल, एक थान घडी, ई-सेवामा पठाएको नगद ११ हजार ७ सय रूपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको खातामा रहेको ३ हजार ५ सय रूपैयाँ गरी कूल ६५ हजार रूपैयाँ लुटपाट गरेका थिए । 

    प्रहरीले उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गरको जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij