आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन प्रहरीकाे आग्रह


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3990
    फागुन २०, २०७८ शुक्रबार
    सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन प्रहरीकाे आग्रह

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ । 

    युट्युब, टिकटक, ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट भ्रामक सूचना फैलाए विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही गरिने समेत प्रहरीले जनाएको छ । 

    विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालहरूमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई समेत प्रभावित गर्ने उदेश्यबाट भ्रामक सूचना फैलाएको आरोप प्रहरीले लगाएको छ ।

    यस्ता क्रियाकलापले समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गरेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # प्रहरी
  • # सामाजिक सञ्जाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij