आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

पूर्वाधार निर्माणमा दुर्लभ वन्यजन्तु मासिन थालेपछि नयाँ निर्देशिका जारी


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4030
    चैत ६, २०७८ आइतबार
    पूर्वाधार निर्माणमा दुर्लभ वन्यजन्तु मासिन थालेपछि नयाँ निर्देशिका जारी

    काठमाडौं । पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ ।

    विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक, नहर तथा जलविद्युत्जस्ता भौतिक पूर्वाधारका संरचना निर्माणक्रममा वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले यो निर्देशिका जारी गरेको हो ।

    गत महिना चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा सडक निर्माणका लागि बनाइएको खाडलमा परेर एकसिङे बयस्क गैँडा मरेपछि सरकारले यो निर्देशिका ल्याएको हो ।

    यसअघि विगत १० वर्षमा विभिन्न पूर्वाधार निर्माणक्रममा एक सयभन्दा बढी बाघ, गैँडा, हात्तीजस्ता दुर्लभ वन्यजन्तुको मृत्यु भएपछि पूर्वाधार निर्माणमा हेलचेक्रयाइँ गर्न नहुने र त्यसका काममा नियमन गर्नुपर्ने चौतर्फी आवाज उठ्दै आएको थियो ।

    वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले भने, “विकास गर्ने भन्दै विश्वमै दुर्लभ भएका वन्यजन्तु धमाधम मर्न थालेपछि सरकारलाई निर्देशिका जारी गर्नुपर्ने अवस्था आएको होे ।

    कमभन्दा कम विनाश गरेर विकास गर्ने मोडलमा नेपाल जान नसकेको यथार्थ स्वीकारेर निर्देशिका जारी भएपछि अब सबै पूवार्धार निर्माण गर्ने निकायले निर्देशिका पालना गरेर काम अगाडि बढाउनुपर्छ ।’’

    वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई दुर्घटनाबाट हुने क्षतिलाई कम गर्न र मानव, वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न निर्देशिकामा अति संवेदनशील क्षेत्र र अन्य क्षेत्र भनेर वर्गीकरण गरिएको छ ।

    अति संवेदनशील क्षेत्र (निकुञ्ज, आरक्ष, जैविक मार्ग तथा रामसार सूचीमा सूचीकृत क्षेत्र) आसपासमा पूर्वाधार योजना छनोट चरणमै प्राविधिक अध्ययन प्रतिवेदन तयार पार्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij