आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

चुनाव भयरहित बनाउन म्यादी प्रहरीदेखि सेना परिचालनको तयारीमा सुरक्षा निकाय


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4078
    चैत ११, २०७८ शुक्रबार
    चुनाव भयरहित बनाउन म्यादी प्रहरीदेखि सेना परिचालनको तयारीमा सुरक्षा निकाय

    काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति स्वीकृत गरेको छ ।

    गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समिति बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त सुरक्षा योजनालाई गृह मन्त्रालयले एकीकृत गरी अन्तिम रूप दिएको गृह मन्त्रालयका प्रवक्तासमेत रहेका शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

    जसअनुसार आगामी स्थानीय तह निर्वाचनमा निर्वाचन स्थलको भित्री सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइनेछ । नेपाल प्रहरीबाट स्थानीय तह निर्वाचनका लागि ७० हजार जनशक्ति परिचालन हुनेछन् ।

    यसैगरी, सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति परिचालन गरिनेछ भने नेपाली सेनाबाट आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने नीति बनाइएको छ । यो समाचार राजधानी दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij