काठमाडौं । ठमेलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो ।
कालीकोट घर भई ठमेल बस्ने बमलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।
त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको बताइएको छ ।