आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

स्थानीय तहको चुनावमा साढे २ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन


  • 946
    SHARES
  • https://indrenipost.com/index.php/posts/4139
    चैत १६, २०७८ बुधबार
    स्थानीय तहको चुनावमा साढे २ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन

    काठमाडौं । आसन्न बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

    सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो ।

    स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ ।

    प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्रको टुंगो लगाएपछि सबै सुरक्षा अंगहरू आआफ्नो तयारीमा अघि बढेका हुन् ।

    आयोगले देशभर १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदानकेन्द्र कायम गरिएको जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij