नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा तीन जना डीआईजीहरु बढुवा भएका छन् ।
सरकारले पहिलो नम्बरमा डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो ।
चैत १ गते गृह मन्त्रालयको बढुवा समितिले पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह र धानुकले क्रमशः ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेका हुन् ।