सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

सार्वजनिक यातायातको भाडा १० महिनामा ४३ प्रतिशतले बृद्धि


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4235
    चैत २१, २०७८ सोमबार
    सार्वजनिक यातायातको भाडा १० महिनामा ४३ प्रतिशतले बृद्धि

    सरकारले १० महिनाको बीचमा दुई पटक गरेर सार्वजनिक यातायातको भाडा ४३ प्रतिशत वृद्धि गरेको छ ।

    संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा १० महिनाको अवधिमा दुई पटक गरेर ४३ प्रतिशत बढाएको हो ।

    यातायात व्यवस्था विभागले गत असार मसान्तमा सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतसम्म वृद्धि गरेको थियो ।

    भाडा वृद्धि गरेको १० महिना बित्न नपाउँदै फेरि आइतबारदेखि लागू हुने गरी १० देखि १५ प्रतिशत वृद्धि गरेको हो ।

    बजारमा चर्को महंगी बढिरहेका वेला सरकारले फेरि सार्वजनिक यातायातको भाडा १५ प्रतिशत बढाउँदा सर्वसाधारणको ढाड सेक्ने काम गरेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले चैत १७ गते मन्त्रिस्तरीय निर्णय गर्दै सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेकी हुन् ।

    यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा दर फरक फरक तोकेको छ ।

    विभागले यात्रुवाहक सवारीसाधनको भाडामा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १३ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशत वृद्धि गरेको छ ।

    विभागले यो नयाँ भाडा दर आइतबारदेखि नै लागू हुने जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij