ललितपुर । पाटनस्थित औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
आज (बिहीबार) बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
उनका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल पुर्याइएको छ ।