ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा भएको विष्फोटमा घाइते भएका थप एकको मृत्यु भएको छ ।
घाइते मध्य भारतका २५ वर्षीय राजकुमार महतोको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको थियो ।
उक्त विष्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।