सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

बाघको आक्रमणले एकको मृत्यु


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4413
    बैशाख १८, २०७९ आइतबार
    बाघको आक्रमणले एकको मृत्यु

    चितवन — बाघको आक्रमणले चितवनमा एकजनाको ज्यान गएको छ । आइतबार बिहान कुमरोज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका १३  बैरियाका ६५ वर्षीय नारायण दाहाल बाघको आक्रमणमा पर्दा ज्यान गएको   चितवन प्रहरीले बताएको छ ।
    घाँसे मैदानमा घाँस काट्दै गर्दा दाहाललाई बाघले आक्रमण गरेको छ भन्ने खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली हात्तीसहित जंगल छिरेको थियो ।
    बिहान १० बजेतिर दाहालको शव बाघले आक्रमण गरेको ठाउँभन्दा अन्दाजी १ किलोमिटर पर फेला परेको चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताएका छन ।

     

  • सम्बन्धित विषय:

  • # हत्या
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij