सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेपाल प्रहरी र सशस्त्रको आईजीपी को ? मन्त्रिपरिषद बैठक बस्दै


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4416
    बैशाख १८, २०७९ आइतबार
    नेपाल प्रहरी र सशस्त्रको आईजीपी  को ? मन्त्रिपरिषद बैठक बस्दै

    १८ वैशाख, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको आईजीपी नियुक्तिका बारेमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै छ । 
    मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श लिएका छन् । परामर्शका लागि प्रधानमन्त्री देउवाले नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका थिए ।
    नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ नियुक्तिको निर्णय गर्न लागेको हो ।
    सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । नेपाल प्रहरीमा चाहिं विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक आईजीपीका दाबेदार भएतापनि धिरज प्रताप सिंह वलिया दाबेदार मानिन्छन । 

     

     

     

  • सम्बन्धित विषय:

  • # nepalpolice
  • # समाचार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij