आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सरकारद्धारा गणतन्त्र दिवसमा ८ सय १८ कैदी छाड्ने तयारी


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4438
    जेठ १४, २०७९ शनिबार
    सरकारद्धारा गणतन्त्र दिवसमा ८ सय १८ कैदी छाड्ने तयारी

    काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सरकारले आठ सय १८ कैदी छाड्ने तयारी गरेको छ । ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई बाँकी कैद मिनाहा गरेर छाड्न लागिएको हो । त्यस्तै, १६ कैदीलाई आममाफी दिने सरकारको निर्णय छ ।

    गृह मन्त्रालयले उनीहरूको कैद मिनाहाको प्रक्रिया अघि बढाइसकेको छ । यसअघि ५० प्रतिशत कैद भुक्तान गरेकालाई मात्र बाँकी सजाय मिनाहा गरिएकोमा यसपटक सर्वोच्च अदालतको फैसलाका आधारमा ६० प्रतिशतसम्म कैद छुट दिन लागिएको हो । कानुनअनुसार कैदीले पाउने कैद मिनाहाको प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । 

    १ भदौ ०७५ अगाडिको अपराधमा जेल परेकालाई पुरानै कानुन लागू हुने सर्वोच्च अदालतको फैसला छ । सोही फैसलाअनुसार नकारात्मक सूचीमा नरहेका र ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा बाँकी कैद माफी दिएर छाड्ने निर्णय गरी राष्ट्रपति कार्यालयमा निर्णयका लागि पठाइएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij