आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4453
    जेठ १४, २०७९ शनिबार
    ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु

    बैतडी । बैतडीको सिगासमा ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको सिगास गाउँपालिका-१ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले शुक्रबार साँझ वडा नम्बर १ को आफ्नो घरबाट वडा नम्बर ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै ज्यान गएको हो ।

    साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगाले मैनाको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको जोशीले बताए । ती महिलाको शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij