आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4454
    जेठ १४, २०७९ शनिबार
    ९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता

    खोटाङ । खोटाङमा विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता भएको छ । विद्यालय जाँदै गरेकी ९ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो । 

    विक थरकी पीडित बालिकाकी आमा र ठूलीआमाले शुक्रबार दिक्तेल पुगेर पिडकविरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी शंकरप्रसाद चौधरीले बताए । 

    कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा ११ जेठमा आफ्नै घर नजिकै यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । चिच्याएर प्रतिकार गरेपछि बालिका बलात्कारबाट जोगिन सफल भएको स्थानीयले बताएका छन् ।

    आरोपित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पिडकलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनका लागि भन्दै दीपक ठटाल नेतृत्वको अधिकारकर्मीको टोली शनिबार जिल्ला प्रहरी कार्यालय पुगेको थियो । 

    स्थानीयका अनुसार छात्राको आमा आफन्तकोमा खेताला गएकी थिइन् । उनका दाजु हातखुट्टा धुन धारामा गएपछि बालिका भने विद्यालय जाँदै थिइन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए । बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताएका छन् ।

    कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् । चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाई छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना बाहिर सार्वजनिक भएको हो । 

    घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पिडक र पीडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो । तर अन्य आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेका थिए । आरोपितले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्व्यवहार गरेको आफन्तले दाबी छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij