शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा भन्सारका तीन कर्मचारी पक्राउ


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4588
    भदौ २३, २०८० शनिबार
    झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा भन्सारका तीन कर्मचारी पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् ।

    पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

    उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

    उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या ३० जना पुगेको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # सुन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij