सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

बहुचर्चित चिनियाँ परियोजना 

बिआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी 


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4737
    कात्तिक २, २०८० बिहीबार
    बिआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी 

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताए ।

    बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाका लािग बिआरआई महत्वपूर्ण हुने बताएको एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिए । 

    बिआरआईले विश्वभरका जनतालाई एकापसमा व्यापार गर्न, आपसी मूल्य, मान्यताबाट सिक्न र पारस्परिक सहयोगलाई प्रवद्र्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको नेता खनालले बताए । 

    उनले भने– ‘चीनले अगाडि सारेको बिआरआईले विश्वभर रहेका मानिसको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ ।’ बिआरआईका माध्यमबाट नेपालले आर्थिक विकासमा गति लिने विश्वास उनले व्यक्त गरे । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij