सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

दशैंको मुखैमा घट्यो खसीबोका र च्याङग्राको मूल्य (मूल्यसहित)


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4748
    कात्तिक ३, २०८० शुक्रबार
    दशैंको मुखैमा घट्यो खसीबोका र च्याङग्राको मूल्य (मूल्यसहित)

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खसीबोका र च्याङ्ग्राको मूल्यमा थप छुट दिएको छ ।

    मन्त्रालयले शुक्रबारदेखि जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट खटाएर प्रतिकिलो ६५० र च्याङग्रा प्रतिकिलो १ हजार २५० बाट घटाएर प्रति किलो १ हजार २२५ कायम गरेको छ ।

    चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उद्देश्यले खसीबोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिइएको हो ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत मंगलबारबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको थियो ।

    खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याएको थियो ।

    खाद्यले दशैं सबै खसीबोका र च्याङग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij