मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

कूटनीतिक सम्बन्धमा विग्रह

कूटनीतिक तनावबीच क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो 


  • 595
    SHARES
  • https://indrenipost.com/index.php/posts/4751
    कात्तिक ३, २०८० शुक्रबार
    कूटनीतिक तनावबीच क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो 
    क्यानाडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१  कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गरेका छन् ।
     
    ‘अहिलेसम्म भारतले भोलि अक्टोबर २० (शुक्रबार)सम्ममा नयाँदिल्लीमा रहेका २१ क्यानाडाली कूटनीतिज्ञ र आश्रितबाहेक सबैलाई अनैतिकरूपमा कूटनीतिक उन्मुक्ति हटाउने उसको योजनाबारे औपचारिकरूपमा बताएको म पुष्टि गर्न सक्दछु, यसको अर्थ ४१ क्यानाडाली कूटनीतिज्ञ र तिनीहरूका ४२ आश्रितमाथि कुनै मनमानी मितिमा उन्मुक्ति हटाउने खतरा थियो र यसले उनीहरूको व्यक्तिगत सुरक्षा जोखिममा पर्नेछ,’ क्यानाडाली कूटनीतिज्ञहरूको प्रस्थानको पुष्टि गर्दै मन्त्री जोलीले भने ।
     
    दुई मुलुकबीच जारी कूटनीतिक विवादका कारण ‘समानता’ को माग गर्दै भारतले क्यानाडाको भिसा सञ्चालन निलम्बनसँगै भारतमा क्यानाडाली कूटनीतिज्ञहरू कटौती गर्न आह्वान गरेपछि क्यानाडाली कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो ।
     
     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij