सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

पढ्दै, कमाउँदै कुखुरापालनमा विद्यार्थी रमाउँदै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4756
    कात्तिक ३, २०८० शुक्रबार
    पढ्दै, कमाउँदै कुखुरापालनमा विद्यार्थी रमाउँदै

    तनहुँ । आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय शुरू गरिएको छ ।

    एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले जानकारी दिए ।

    सुरुमा कुखुराका चल्ला र दाना खरिदमा करिब रु एक लाख ३५ हजार खर्च भएको छ । खर्च कटाएर ३० देखि ४० हजारसम्म मुनाफा लिन सकिने योजना रहेको उनले बताउनुभयो । ‘विद्यालयमा हाल एक सय २५ विद्यार्थी अध्ययनरत छन्,’ कक्षा ९ र १० का ४१ विद्यार्र्थीमध्ये करिब २० जना विद्यार्थी कुखुरापालनमा छन् ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij