काठमाडौं । भाइटीकाको दिन काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)मा निःशुल्क बस सेवा सञ्चालनमा ल्याइने भएको छ ।
भोलि (मंगलबार) सशस्त्र प्रहरीले विजया दशमी (टीका)को दिन उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याउने भएको हो ।
दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क बस सेवा दिने सञ्चालन गर्ने सशस्त्रले जनाएको छ ।
दुईवटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन हुनेछन् ।
बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुनः नक्शालसम्म निःशुल्क सेवा दिनेछ ।
अर्को बा. १ ग. २६०८ नम्बरको बसले, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निःशुल्क सेवा सञ्चालन हुने सशस्त्रले जनाएको छ ।