सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

द्वन्द्व

गाजा द्वन्द्व शुरु भएदेखि २९ जना कर्मचारी मारिए


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/4821
    कात्तिक ६, २०८० सोमबार
    गाजा द्वन्द्व शुरु भएदेखि २९ जना कर्मचारी मारिए

    प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य  निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । 

    अक्टोबर ७ देीखका हिंसामा उनीहरू मारिएको बताइएको छ । हामी स्तब्ध छौं, शोकमा छौां । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ, राष्ट्रसंघ एजेन्सीले जनाएको छ । यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ ।

    यसैबीच  विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन् । 

    यसैबीच, इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ । 

    टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij