काभ्रे । काभ्रेको नमोबुद्धमा जुवा खेल्ने, हेर्नेसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट १ लाख ५३ हजार ४ सय ७० रुपैयाँ र ६ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
हिजो (मंगलबार) राति नमोबुद्ध नगरपालिका–१० पुरानो गाउँस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।