सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अर्थतन्त्र

नेपाली घिउ ५ मुलुकमा निर्यात 


  • 937
    SHARES
  • https://indrenipost.com/index.php/posts/4832
    कात्तिक ८, २०८० बुधबार
    नेपाली घिउ ५ मुलुकमा निर्यात 

    काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सालमा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको नेपाली घिउ निर्यात गर्यो । 

    नेपाल दूग्ध विकास संस्थानले उत्पादन गरेको घिउ एक निजी कम्पनीले खरिद गरेर जापानमा निर्यात शुरू गरेको थियो ।

    नेपालबाट पहिलो पटक सरकारी संस्थानमा उत्पादन भएको घिउ जापान निर्यात शुरू भएपछि यसले नेपाली घिउ निर्यातमा नेपालको सम्भावनालाई उजागर गर्यो । 

    यही सम्भावनालाई टेकेर निजी क्षेत्रबाट घिउको निर्यात पहल थप बिस्तार हुँदा निर्यात सुरुआतको ३ वर्षमै नेपाली घिउ ५ वटा मुलुकमा निर्यात भएको छ ।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत ३ आर्थिक वर्षमा नेपालले ४ करोड २६ लाख ७६ हजार ७४ रुपैयाँको घिउ निर्यात गरेको छ ।

    आर्थिक वर्ष ०७७/७८ मा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको घिउ बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । 

    यस्तै, आर्थिक वर्ष ०७८/७९ मा एक करोड ९३ लाख ५२ हजार १०६ रुपैयाँको घिउ जापान, क्यानडा, भारत र हङकङमा निर्यात भएको छ । 

    जसमा एक करोड ८७ लाख रुपैयाँको घिउ जापान मात्र निर्यात भएको थियो । क्यानाडामा सो वर्ष १ लाख ९० हजार रुपैयाँको घिउ निर्यात भयो भने भारतमा ३ लाख ९१ हजार रुपैयाँ र हङकङमा ६६५ रुपैयाँको घिउ निर्यात भएको थियो ।

    यस्तै, गत आर्थिक वर्ष एक करोड ८६ लाख १९ हजार ९४६ रुपैयाँको १६ हजार ६७० किलो घिउ जापान र अष्ट्रेलिया निर्यात भएको छ । 

    वर्षभरी जापानमा एक करोड ६० लाख ४८ हजार ६७२ रुपैयाँको घिउ निर्यात हुँदा अष्ट्रेलियामा नेपालबाट २५ लाख ७१ हजार २७४ रुपैयाँको घिउ निर्यात भएको केन्द्रले जनाएको छ ।

    नेपालबाट निर्यात हुने घिउकोे उत्पादन कम्पनी नेपाल दुग्ध विकास संस्थान (डीडीसी)का अनुसार अहिले मासिक ५ हजार लिटर घिउ नेपालबाट निर्यात भइरहेको छ ।

    चालु आर्थिक वर्षको भदौसम्म नेपालले ५९ लाख ३२ हजार रुपैयाँ बराबरको ६ हजार ६१६ किलो घिउ निर्यात गरेको छ । 

    जसमा भारततर्फ ५५ लाख ७४ हजार रुपैयाँको ५ हजार किलो घिउ निर्यात भएको छ । यस अवधिमा अष्ट्रेलियामा ३ लाख ५७ हजार रुपैयाँको एक हजार ६१६ किलो घिउ निर्यात भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij