सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

संस्कार–संस्कार

दोस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम जारी


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4838
    कात्तिक ८, २०८० बुधबार
    दोस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम जारी

    काठमाडौं । आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।

    विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो मान्यजन कहाँ जान नपाएकाहरू आज पनि टीका थाप्न हिँडेका हुन् । 

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन् । केही दिन सुनसान रहेको राजधानी शहरमा आजदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij