शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अपराध

नवजात शिशुको हत्या प्रयासमा सुत्केरी आमा पक्राउ


  • 595
    SHARES
  • https://indrenipost.com/index.php/posts/4851
    कात्तिक ९, २०८० बिहीबार
    नवजात शिशुको हत्या प्रयासमा सुत्केरी आमा पक्राउ

    दाङ । दाङमा नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमालाई प्रहरीले पक्राउ गरेको छ । 

    लमही नगरपालिका–७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

    बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले नवजात शिशुको घाँटीमा प्रहार गरेको प्रहरीले जनाएको छ । 

    आमालाई पक्राउ गरी अनुसन्धान गरिरहेको वडाप्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । 

    घाइते शिशुलाई उपचारको लागि लमही अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij