चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ ।
आज (शुक्रबार) बिहान सांघाईमा हृदयाघातको कारण उनको निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन् ।
६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए ।
लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा स्थानीय समय अनुसार गए राति १२ः१० उनको निधन भएको थियो ।