सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

वित्तीय अपराध 

कर तिर्नेको बेहाल, घुमन्तेलाई मालामाल !


  • 964
    SHARES
  • https://indrenipost.com/index.php/posts/4922
    कात्तिक १२, २०८० आइतबार
    कर तिर्नेको बेहाल, घुमन्तेलाई मालामाल !

    बलेवा । ‘न नगरमा दर्ता भएको छ न व्यावसायिक कुनै ठाउँ ठेगान छ, उनैको व्यापार फस्टाएको छ, भित्रको पैसा दिन गनेर बाहिरिन्छ कसैलाई चासो छैन,’ बागलुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले बजारकै एक चोकमा व्यवसायीसँग कुराकानी गर्दै भने, ‘यो कस्तो न्याय हो, संस्थागत व्यवसायीलाई पलायन गरेर घुमन्तेको रजगज ।’

    बागलुङ बजारमा फर्निचर तथा फर्निसिङ व्यवसायबाट सयौँ युवाले रोजगारी पाइराखेको अवस्थामा घुमन्ते व्यवसायीका कारण युवाको रोजगारी खोसिने अवस्था आएको उनले बताए ।

    ‘व्यवसायी पलायन भए रोजगारी कसले दिन्छ ? रोजगारी नपाए युवा विदेश जान्छन्, उनीहरू आश्रित परिवारको विचल्ली,’ उनले भने ।

    स्थानीय सरकारले घुमन्ते व्यवसायीलाई करको दायरामा ल्याउने र स्वदेशी व्यवसायीको प्रोत्साहन गर्नुपर्ने उनको धारणा थियो । शाक्यले भनेजस्तै नेपाल वन पैदावर उद्योग व्यवसायी सङ्घ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले बागलुङ नगरपालिकालाई यो विषयमा सचेतसमेत गराइसकेका छन् ।

    बागलुङ बजारमा दर्ताबिना फर्निसिङको काम गर्ने घुमन्ते व्यवसायीका कारण कर तिर्ने व्यवसायी मर्कामा परेको उनीहरूको धारणा छ । शाक्यले घुमन्ते व्यवसायीले वर्षेनि बागलुङबाट करोडौँ रुपैयाँ देश बाहिर पु¥याएको बताए । 

    फर्निचर तथा फर्निसिङ व्यवसायमार्फत केकति रकम बाहिरिन्छ भन्ने तथ्यांक छैन । घुमन्ते फर्निसिङ व्यवसायीका कारण बजारमा स्वस्थ प्रतिस्पर्धा हुन नसकेको, कर तिरेर फर्निचर उद्योग सञ्चालन गर्ने व्यवसायी मर्कामा परेको शाक्य बताउँछन् । उनी फर्निचर व्यवसायीसमेत हुन् । 

    आर्थिक मन्दीको कारण जिल्लाका फर्निचर उद्योगी व्यवसायी धरासायी हुँदै गएका कारण उद्योगमा काम गर्ने श्रमिकको जीविकोपार्जनमा समस्या आएको भन्दै कर छली गरी सञ्चालन भएका घुमन्ते व्यापारीलाई कानुनी दायरामा ल्याउन नगरपालिकालाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

    बागलुङमा भारतीय मुलका फर्निसिङ व्यापारी तथा कामदारले दर्ताबिना घर, होटल, रेष्टुरेन्ट तथा कार्यालयको फर्निसिङ तथा डेकोरेसनका काम गर्दै आएका छन् । उनीहरूका कारण आमउपभोक्ता ठगिएको भन्दै व्यवसायीले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij