सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

फिल्ड रिपोर्ट

आर्थिक संकट : हेटौँडा सिमेन्ट उद्योग बन्द, ९० जना कर्मचारी रोजगारविहीन


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/4946
    कात्तिक १३, २०८० सोमबार
    आर्थिक संकट : हेटौँडा सिमेन्ट उद्योग बन्द, ९० जना कर्मचारी रोजगारविहीन

    मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । 

    सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादशैंको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए ।

    उनले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताए ।

    उनले आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताए ।  

    कूल तीन लाख बोरा सिमेन्ट काठमाडौंलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ । 

    चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ  ।  

    कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताए । 

    विसं. २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले विसं. २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिकरुपमा उत्पादन शुरुवात गरेको थियो ।  सो उद्योगमा करिब तीन सय ९० कर्मचारी कार्यरत रहेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij