सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने


  • 829
    SHARES
  • https://indrenipost.com/index.php/posts/4974
    कात्तिक १४, २०८० मंगलबार
    जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने

    काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

    सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसंघको भूमिकाबारे खुलेर छलफल भएको थियो । 

    उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसङ्घले चालेका कदमबारे जिज्ञासा राखेका थिए । 

    RS_KTM-RATL9674.jpgजवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोष’ को पुनःसंरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए । 

    त्यस्तै उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा सहयोग गरिने बताए । 

    उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक–सामाजिक न्यायसहित विकासको मार्गमा अघि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकता त्यसमै केन्द्रित रहेको बताए । 

    महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवं अभियान परिपुरक भएको र नेपालले दिगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरे ।

    नेपालले ध्यानलाई अभियानका रुपमा राष्ट्रसंघसम्मै पु¥याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारीसमेत उपप्रधानमन्त्री श्रेष्ठले दिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij