सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

गत वर्ष सवारी दुर्घटनामा परेर १ लाख ६८ हजारको मृत्यु, साढे ४ लाख घाइते


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/4987
    कात्तिक १६, २०८० बिहीबार
    गत वर्ष सवारी दुर्घटनामा परेर १ लाख ६८ हजारको मृत्यु, साढे ४ लाख घाइते

    नयाँ दल्ली । भारतमा गत वर्ष भएका सडक दुर्घटनामा परी एक लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । गत वर्ष भारतमा भएका सवारी दुर्घटनामा परेर चार लाख ४३ हजार ३६६ जना घाइते भएका सरकारी प्रतिवेदनमा उल्लेख छ । 

    भारतको सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सडक दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ ।

    घाइते हुनेको सङ्ख्यामा पनि १५.३ प्रतिशतले वृद्धि भएको छ । सज् २०२२ मा चार लाख ६१ हजार ३१२ वटा सडक दुर्घटना भएका थिए ।  जसमध्ये एक लाख ५१ हजार ९९७ वटा

    द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, एक लाख छ हजार ६८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी दुई लाख दुई हजार ६३३ वटा अन्य सडकमा भएका थिए । सन् २०२२ मा १८ देखि ४५ वर्ष उमेर समूहका ६६.५ प्रतिशत युवा पीडित भएका प्रतिवेदनमा उल्लेख छ ।

    सडक दुर्घटनाबाट हुने मृत्युको ८३.४ प्रतिशत १८ देखि ६० वर्ष उमेर समूहका छन् । प्रतिवेदनले तीव्र गति, लापरबाहीपूर्वक गाडी हाँक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्नेजस्ता दुर्घटनाका कारक तत्वलाई सम्बोधन गर्न व्यापक दृष्टिकोण अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    प्रतिवेदनमा भनिएको छ, ‘हामीले कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन, चालक शिक्षा र प्रशिक्षण कार्यक्रमहरू बढाउन र सडक तथा सवारी साधनहरूको अवस्था सुधार गर्न लगानी गर्न महत्वपूर्ण छ ।’

    भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीपूर्वक गाडी चलाउँदा घातक सडक दुर्घटना हुने गरेको छ । भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij