सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै


  • 910
    SHARES
  • https://indrenipost.com/index.php/posts/4992
    कात्तिक १६, २०८० बिहीबार
    गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै

    वालिङ । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । 

    वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए । 

    यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गरेका छैनन् । 

    कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन् । उत्पादन भएको कागतीले बजार नपाउँदा चिन्तित भएका छन् ।

    गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो, उनले भने, यस वर्ष सिजन (याम) मै  बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।

    बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउँछन् । कसैले  बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ, उनले भने । 

    स्थानीय बजारमा दैनिक १०/१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए । दिनभर बजार डुलाउँदा मुश्किलले १०÷१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ, पौडेल भन्छन् ।

    पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् । उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाएका छन् । रासस 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij