सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

फिल्ड रिपोर्ट

नेपाल-भारत सीमास्तम्भको मर्मत शुरू


  • 991
    SHARES
  • https://indrenipost.com/index.php/posts/5011
    कात्तिक १६, २०८० बिहीबार
    नेपाल-भारत सीमास्तम्भको मर्मत शुरू

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगन शुरूवात गरेको छ । 

    सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले आज मधेस प्रदेशबाट मर्मत शुरू गरिएको जानकारी दिए ।

    सीमासम्बन्धी नेपाल–भारतको पाँचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमास्तम्भमध्ये जोर नम्बरको सीमास्तम्भ भारतीय सशस्त्र सीमा बलले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमास्तम्भ नेपालले मर्मतसम्भार गर्ने निर्णय भएको थियो । 

    नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णयानुसार सन् २०१४ पश्चात मर्मत तथा निर्माण भएका बिजोर सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपाललाई मर्मतसम्भार गर्ने जिम्मेवारी प्राप्त भएबमोजिम मर्मत शुरू गरिएको उनले बताए ।

    पहिलो चरणमा मधेस प्रदेशमा रहेका एक हजारभन्दा बढी सीमास्तम्भको मर्मत हुने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जनाएको छ । 

    खड्काका अनुसार आज मधेस प्रदेशका धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाबाट सीमा स्तम्भको मर्मत सुरु गरिएको छ ।

    धनुषास्थित नेपाल–भारत दशगजामा रहेको सीमा स्तम्भबाट मर्मतको थालनी गर्नुहुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारीरूपमा सीमाको सुरक्षा गर्न सहज हुने बताए ।

    उनले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मतको जिम्मेवारी प्राप्त भएकाले स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिको सहयोग र सहकार्यमा काम गरिने बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij