शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

रेशम चौधरीको अन्तिम सुनुवाइ कार्तिक २३ मा हुने


  • 793
    SHARES
  • https://indrenipost.com/index.php/posts/5018
    कात्तिक १७, २०८० शुक्रबार
    रेशम चौधरीको अन्तिम सुनुवाइ कार्तिक २३ मा हुने

    काठमाडौं । सरकारको सिफारिसमा कैद कट्टीसहित आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ यहीँ कात्तिक २३ मा हुने भएको छ ।

    सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसाला सुनाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ हुँदैछ ।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनुवाइ कार्तिक २३ गते हुन लागेको हो ।

    कानुनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरुले विधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षवाट निःशुल्क वकालत गर्दै आएका छन् । 

    प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो । 

    सो अभियोगमा तत्कालिन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफनो कार्यकालभरी थुनिएका थिए । 

    तर, सर्वोच्चले जन्मकैदको फैसाला सुनाएको केही दिनमै सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो । 
    जसको विरुद्ध परेको रिटमाथी कार्तिक २३ गते अन्तिम सुनुवाइ हुन लागेको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij