सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

हमासले आक्रमण गरेको गाजाका लागि नयाँ सहर स्वीकृत


  • 730
    SHARES
  • https://indrenipost.com/index.php/posts/5078
    कात्तिक २२, २०८० बुधबार
    हमासले आक्रमण गरेको गाजाका लागि नयाँ सहर स्वीकृत

    इजराइलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टिकुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो । 

    नयाँ सहरलाई ‘हानुन’ (दयालु) भनिने छ र यो एसडिओटी नेगेभ क्षेत्रीय परिषद्को भाग हुनेछ । उक्त सहरमा करिब पाँच सय परिवारको मिश्रित तथा धर्म निरपेक्ष जनसङ्ख्या रहने छ ।

    ‘योजनालाई स्वीकृति दिनु इजराइली दायरा (गाजा नजिकको क्षेत्र) लाई बलियो बनाउने दिशामा थप एक कदम हो,’ निर्माण तथा आवासमन्त्री यित्ज्याक गोल्डनोफले भने, ‘हालका दिनमा म उत्तर र दक्षिणमा सङ्घर्ष द्वन्द्वग्रस्त बस्तीहरूको भ्रमण गर्दैछु, मुलुकमा सुरक्षा र बस्ती प्रवद्र्धनको आवश्यकता छ भन्नेबारे स्पष्ट आवाज आएको छ ।’

    आजको स्वीकृतिले यसको जवाफ दिने र देशको निर्माणलाई अगाडि बढाउने उनले बताए । ‘निर्माण तथा आवास मन्त्रालयले बस्तीको योजना, निर्माण, विकास र सुदृढीकरणको कामलाई निरन्तरता दिनेछ,’ उनले भने । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij