सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

सिरियामा आइएसको आक्रमणमा सरकार समर्थक ३० सैनिकको मृत्यु


  • 739
    SHARES
  • https://indrenipost.com/index.php/posts/5085
    कात्तिक २२, २०८० बुधबार
    सिरियामा आइएसको आक्रमणमा सरकार समर्थक ३० सैनिकको मृत्यु
    इस्लामिक स्टेट (आइएस) समूहको आक्रमणमा सिरियाली मरुभूमिमा सरकार समर्थक कम्तीमा ३० सैनिकको मृत्यु भएको एक युद्ध पर्यवेक्षकले बुधबार बताएका छन् । उक्त आक्रमण यो वर्षको सबैभन्दा घातक आक्रमणमध्येको एक भएको बताइएको छ । 
     
    “सिरियाली मरुभूमिमा बुधबार बिहान सैन्य चौकीहरूमा इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा चार सैनिक र २६ रक्षा फौजसहित ३० जनाको मृत्यु भएको थियो”, बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ । 
     
    जमिनमा स्रोतहरूको विशाल नेटवर्क भएको राका, होम्स र डेर एजोरका बीच भागहरूमा आक्रमण भएको अब्जर्भेटरीले उल्लेख गरेको छ । अब्जर्भेटरी प्रमुख रामी अब्देल रहमानले घाइतेहरूको अस्पष्ट सङ्ख्यालाई उद्धृत गर्दै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । 
     
    आइएसले सन् २०१४ जुनमा सिरिया र इराकका ठूलो भूभागमा ‘क्यालिफेट’ (मोहम्मदको मृत्युदेखि १३औँ शताब्दीसम्म इस्लाम उत्थानको युग) को घोषणा गर्दै आतङ्कको शासन सुरु गर्यो । यो सन् २०१९ मा सिरियामा क्षेत्रीयरूपमा पराजित भएको थियो तर यसका अवशेषहरूले विशेषगरेर मरुभूमिका गुप्त स्थानबाट घातक ‘आक्रमण गर र भाग’ नीति प्रयोग गर्दै आएका छन् । 
     
    राष्ट्रपति बशर अल–असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण प्रजातन्त्र समर्थक विरोध प्रदर्शनलाई दबाएपछि सिरियामा युद्ध सुरु भएको छ । युद्ध सुरु भएपछि यसमा विदेशी शक्ति र वैश्विक जिहादीहरूलाई समावेश गरिएको छ । युद्धमा पाँच लाखभन्दा धेरै मानिस मारिएका छन् र सिरियाको युद्धपूर्वको आधा जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij